कुरिनटार, २७ कात्तिक । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का यूवा नेता तथा इच्छाकामना एफएमका अध्यक्ष प्रताप गुरुङ ‘मौसम’ले आफ्नो जन्मदिनको अवसरमा विपन्न समुदायका बालबालिकाहरुलाई न्यानो कपडा सहयोग गरेका छन् ।
३७ बर्ष पुरा भई ३८ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज श्री राष्ट्रिय आधारभुत विद्यालय इच्छाकामना ४ लामीडाडाँका विद्यार्थीहरुलाई विद्यालयमै पुगेर एक कार्यक्रमकाबिच स्वीटर वितरण गरेका हुन् ।
उनले विद्यालयमा अध्ययनरत ६३ जना बालबालिकाहरुलाई स्वीटर वितरण गरि सोही विद्यालयमा जन्मदिन मनाए । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का जिल्ला सदस्य समेत रहेका गुरुङले स्वीटर वितरण गर्दै आगामी जन्म दिन तथा अन्य समयमा पनि विपन्न बालबालिकाहरुका लागि आफ्नो तर्फबाट गर्न सकिने सहयोगलाई निरन्तरता दिने समेत बताएजन्मउत्सव कोष स्थापना गरि गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने योजनामा आफु रहेको बताए ।
साथै नेकपा वडा नम्बर ४ का अध्यक्ष रुद्र उप्रेतीले विद्यालयलाई नगद रु पाँच हजार सहयोग हस्तान्तरण गरे । विद्यार्थीका लागि खेलकुद सामाग्री किन्न आर्थिक सहयोग गरेको उनले बताए । विद्यालयका प्रधानाध्यापक देव बहादुर मगरले जाडोको समयमा विपन्न समुदायका बालबालिकाहरुलाई न्यानो कपडा सहयोग गरेकोमा धन्यवाद दिए ।साथै उनले जन्मदिनमा अन्य फजुल खर्च गर्नु भन्दा यस्ता समाजिक गर्नु पर्नुपर्छ सन्देश दिएको बताए ।
कार्यक्रममा नेकपाका जिल्ला सदस्य सावित्रि सिलावल, नेकपा इच्छाकामना नेता हरि थापा, वडा नम्बर चारका वडा सदस्य बाबुकाजी त्रिपाठी, इच्छाकामना एफएमका स्टेशन म्यानेजर दान बहादुर गुरुङ समेतको उपस्थिति रहेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिला बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।कार्यक्रम शिक्षक भम बहादुर रानामगरले संचालन गरेका थिए ।