कुरिनघाट  : कुरिनघाटमा आँखा शिविर हुने भएको छ । मनकामना पोलिक्लिनिकको आयोजनामा चितवनको ईच्छाकामना ३ कुरिनघाटमा मंसिर १ गते आईतबार शिविर हुने भएको हो ।
शिविरमा आँखाको नि स् शुल्क जाँच गरिने छ भने बिरामीलाई औषधी र चश्मा सुपथ मुल्यमा उपलब्ध गराईने मनकामना पोलिक्लिनिक कुरिनघाटले जनाएको छ ।
साथै अप्रेशन गर्न परेमा बिरामी आफैले शुल्क तिर्नुपर्ने छ । शिविर मंसिर १ गते आईतबार विहान ९ बजे देखि दिउँसो ४ बजे सम्म चल्ने छ ।