
कुरिनटार : चितवन प्रहरीले ७९ विघा जग्गामा लगाएको गाजाँ नष्ट गरिएको छ । कात्तिक २१ गते देखि २४ गते सम्म चार दिनको अवधीमा राप्ती नगरपालिकाको वडा नम्बर १२ र १३ मा पर्ने विभिन्न स्थानमा लगाएको गाजाँ खेती नष्ट गरिएको हो ।
प्रहरीले वडा नम्बर १२ स्थित ठकुरी भञज्याङ र वडा नम्बर १३ को कालीटार, कालीखोला च्युदी,तापन र धावनगिरीमा ७९ विघामा लगाएको गाजाँ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्त प्रहरी नायब उपरिक्षक एक नारायण कोइरालाले जानकारी दिनुभयो ।
जिल्लाका विकट स्थानमा स्थानियहरुले गाँजा खेती गर्ने गरेको कारण प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियानलाई तीब्र बनाएको छ । त्यस क्षेत्रमा चेपाङ वस्ति रहेको छ । तस्करहरूले स्थानीयलाई प्रयोग गरेर गाँजा खेती गर्दै आएको प्रहरी भनाइ छ ।
उक्त क्षेत्रमा ठुलो मात्रामा स्थानिहरुले गाजाँ खेती गरेको र यसले समाजमा नराम्रो असर गर्ने भन्दै स्थानियबासीहरुलाई सम्झाउदैँ गाजाँ फडानी गर्ने गरेको छ ।