काठमाडौ :  इरानले सन् २०१५ मा भएको आणविक सम्झौता उल्लंघन गरेको अमेरिकाले आरोप लगाएको छ ।इरानमाथि पुनः नयाँ आणविक भट्टी सञ्चालन गरेर विश्वशक्तिहरुसँग भएको सम्झौता उल्लंघन गरेको आरोप लागेको हो ।अमेरिकी विदेश सचिव माइक पोम्पेओले इरानले आणविक भट्टीमा आफ्ना गतिविधि बढाएको आरोप लगाए ।

उनले तेहरानले हिंसा र आतंकलाई बढावा गर्न खोजेको भन्दै तत्काल कारवाही गर्नुपर्ने बताए ।इरानका पछिल्ला आणविक गतिविधिले सरकारको मनसाय स्पष्ट पारेको उनको प्रतिक्रिया छ ।

अन्तर्राष्ट्रिय समुदायलाई इरानको हिंसा र आतंक स्वीकार्य नहुने विदेशमन्त्री पोम्पेओले चेतावनीसमेत दिए ।इरानको आणविक उर्जा संगठन एईओआईले पछिल्लो आणविक कार्यक्रम सञ्चालन गरेको स्विकार गरेको छ ।

अमेरिकाले गत वर्ष मेमा आणविक सम्झौताबाट पछि हटेपछि इरानले आफ्ना आणविक गतिविधि बढाउन थालेको हो ।(एजेन्सी)