दार्चुला :  भारतले कालापानी वरै पनि मन्दिर बनाउन नदिएको समाचार आजको कान्तिपुरको प्रथम पृष्ठमा छापिएको छ । भारतले भगवान त एक ही हे, तुम को कितना भगवान चाहिए भन्दै नेपालीलाई फर्काइदिएको समाचारमा उल्लेख छ ।

भारतीय पक्षले महाकाली नदी वारि नै आएर शिविर खडा गरेको कालापानी क्षेत्र स्थानीय ब्यासी ९सौका० समुदायको परम्परागत पवित्र भूमि हो ।

उनीहरुले अतिक्रमित क्षेत्रभन्दा २०० मिटर वरै मन्दिर बनाउन चाहेका थिए तर मन्दिर निर्माणमा भारतीय सुरक्षाकर्मीले अवरोध खडा गरेका हुन् ।