काठमाडौं :  मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा.भगवान कोइराला नियुक्त भएका छन्। आज बालुवाटारमा बसेको मन्त्री परिषद्को बैठकले प्राडा कोइरालालाई नियुक्ति गरेको हो। यसअघि काउन्सिलका अध्यक्ष प्रा.डा.धर्मकान्त बाँस्कोटाको पदावधि सकिएपछि काउन्सिलको अध्यक्ष पद खाली थियो। प्रा.डा. कोइराला मुटुरोग उपचारमा अब्बल चिकित्सक मानिन्छन्। यसअघि प्रा।डा। कोइराला शहिद गंगालाल हृदयरोग उपचारकेन्द्र र त्रिवि शिक्षण अस्पतालको निर्देशक भइसकेका छन्। हाल उनी मनमोहन कार्डियो भाष्कुलर तथा ट्रास्पलान्ट सेन्टरमा कार्यरत छन्। उनले सन् २०११ देखि २०१३ सम्म कार्डियोलोजी साइन्टिफिक काउन्सीलको एसीया प्यासिफिक सोसाइटीका लागि कार्डियोभास्कुलर सर्जरीको टिममा पनि प्रतिनिधित्व गरिसकेका छन् । कोइराला नेपाली चिकित्सा क्षेत्रमा हाल सम्म विवाद रहित पात्रको रुपमा लिने गरिन्छ। काउन्सिल अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ। डा बास्कोटाको कार्यकाल जेठमा सकिएपछि अध्यक्षको पद रिक्त्त थियो। केही दिन अगाडी रजिष्टार डा दिलविप शर्माको पदावधि सकिए पछि हाल काउन्सिलमा रजिष्ट्रारसहित काउन्सिलमा ७ जना सदस्यको पद खाली रहेको छ। काउन्सिलमा २० जना सदस्य हुन्छन्।