कुरिनटार :  चितवनमा चाडबाडको समयमा ८६ जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहिबार दिएको जानकारी अनुसार दशैँ र तिहारको अवधीमा असोज २० गते देखि कात्तिक १३ गते सम्म विभिन्न मितिमा ८६ जना जुवाडे पक्राउ परेका हुन् ।
उनिहरुबाट रु ११ लाख ९९ हजार १६५ रुपैयाँ नगद समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (प्रहरी नायब उपरिक्षक) एक नारायण कोईरालले जानकारी दिनुभयो ।
प्रवक्ता कोईरालाका अनुसार ८६ जना मध्य प्रहरीले भरतपुर महानगरपालिकाका विभिन्न स्थानबाट ५४ जना खैरहनी नगरपालिकाबाट २० जना, कालिका नगरपालिकाबाट १२ जना पक्राउ गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनकोे चाडपर्व लक्षित योजना अन्र्तगत करिव एक महिनाको अवधिमा उनीहरु पक्राउ परेका हुन् ।