चितवन : प्रमुख सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रदेश ३ कमिटीको बिहिबार बसेको बैठकले प्रदेश सचिवालयमा चितवनका ८ जनासहित प्रदेशबाट ७२ जना मनोनयन गरेको छ ।

सचिवालयमा चितवनबाट जगन्नाथ थपलिया, दावादोर्जे लामा, कृष्णभक्त पोखरेल, यमबहादुर परियार, घनश्याम दाहाल, विजय सुवेदी, कञ्चन खनाल र ठाकुरप्रसाद ढकाल रहेका छन् । बैठकमा प्रदेश कमिटीले सचिवालय सदस्यलाई विभिन्न जिम्मेवारी पनि तोकेको छ । प्रदेशको सामान्य प्रशासन प्रमुखको जिम्मेवारीमा जेएन थपलिया, संसदीय फाँट उपप्रमुखमा विजय सुवेदी, समाज कल्याण उपप्रमुखमा प्रकाश अधिकारी, सहकारी प्रमुखमा घनश्याम दाहाल रहेका छन् । बैठकले चितवनमा हुने उपनिर्वाचनलाई ध्यान दिएर विभिन्न समिति तथा उपसमिति पनि गठन गरेको छ ।