
काठमाडौँ : निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौं जिल्ला अदालत लगिने भएको छ । थुनामा राखेर थप अनुसनधानको गर्न म्याद थपका लागि महरालाई अदालत हाजिर गराउन लागिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले बताए ।
जिल्ला अदालत काठमाडौंले गत १९ गते पक्राउ पूर्जी जारी गर्दै महरालाई पक्राउ गर्न बाटो खोलेको थियो। सोही पक्राउ पूर्जीको आधारमा सभामुख निवास वालुवाटारबाट प्रहरीले महरालाई पक्राउ गरेर हिरासतमा राखेको छ। महरालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेपनि दसैं बिदा र विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन सकिएको थिएन।
मंगलबार अदालतमा उपस्थति गराएर म्याद थप्ने प्रहरी तयारी छ। प्रहरीले आज महरालाई अदालत लैजाने तयारी गरेपनि देशैभरका अदालत बन्द भएपछि मंगलबार अदालत हाजिर गर्न लागिएको जनाएको छ। सोमबार पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा अदालत बन्द गरिएको थियो। उनलाई ए कमहिला माथि बलात्कारको आरोप लागेका छन् । तर उनले आरोप अस्विकार गर्दै आएका छन् ।