
काठमाडौं,१९ असोज । बलात्कार आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरिएको छ । प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि महरालाई पक्राउ गरिएको हो । नियन्त्रणमा लिनु अघि महरा निवासमा प्रहरीको बाक्लो उपस्थिति रहेको थियो । महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाट आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार रोशनी शाहीले प्रहरीमा उजुरी दिएसँगै महरालाइ नियन्त्रणमा लिईएको हो । यस अघि आजै जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न अनुमति दिएको थियो ।
प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।
आजै जिल्ला अदालतले पक्राउ पुर्जी जारि गरेपछि निर्वतमान सभामुख कृष्णबहादुर महरालाई पक्राउका लागि प्रहरीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई लिखित जानकारी गराएको थियो ।
महरा प्रतिनिधि सभा सदस्य भएको कारण पक्राउ गर्नुपुर्व संघीय संसदलाई जानकारी गराउनुपर्ने कानुनी प्रावधान छ । सोही प्रावधान अनुसार प्रहरीले संघीय संसदका उपसभामुख तुम्बाहाम्फेलाई लिखित जानकारी दिएको हो । उपसभामुखलाई जानकारी दिएपछी प्रहरीले महरालाई पक्राउ गर्नेछ । फौजदारी कसुरमा अदालतको पक्राउ आदेससँगै महरा प्रहरी हिरासतमा बस्नुपर्ने छ ।