कुरिनटार : आज दशैंको सातौं दिन देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइन लागेको छ । देशभरी घटस्थापनादेखि पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ । आश्विन शुक्ल सप्तमी अर्थात फूलपातीका दिन फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।
फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने प्रा।डा। गौतमले बताए । चितवनको विभिन्न शक्तिपीठहरुमा फूलपाती भित्र्याउन नेपाली सेना र सशस्त्र प्रहरी बलका न्याउले बाजा र झाँकी तथा शोभायात्रा सहित मन्दिरमा पुग्ने गर्दछन् ।