हीरालाल गुरुङ
मुग्लिन, १६ असोज । नेपाल कम्यूनिष्ट (नेकपा) चितवनका अध्यक्ष याम बहादुर परियार “इन्द्रजित”ले कुनै लहड र बहुमत ल्याउनका लागि मात्र पार्टी एकता नभएको बताउनुभएको छ ।
आज चितवनको इच्छाकामना गाउँपालिकाको वडा कमटी घोषणा, सहयोग तथा दशैँ विशेष शुभकामना आदान प्रदान कार्यक्रमलाई मुग्लिनमा सम्बोधन गर्दै अध्यक्ष परियारले पार्टी एकता बहुमतका लागि मात्र नभई सैद्धान्तिक,राजनितिक र बैैचारिक नै मुख्य अधार भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “कुनै लहडमा र बहुमत ल्याउन पार्टी एकता गरिएको होईन, बहुदलीय प्रतिष्पर्धामा आधारित भएपछि बहुमत ल्याउनु पहिलो कुरा हो, तर दुई पार्टीबीचको शैद्धान्तिक, राजनितिक र बैचारिक रुपमा एक हुनु नै पार्टी एकताको मुख्या अधार हो ।”
उहाँले तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीको निधन हुनु अघि देखिनै दुई पार्टीबीच एकताका लागि लामो छलफल भएको बताउनुभयो ।
शान्ति प्रकृयामा आईसेकपछि पनि दुई पार्टीबीच पटकपटक एकताका लागि छलफल भएको स्मरण गर्दै उहाँले सिद्धान्त, बैैचारिक र लक्ष्य एउटै भएपछि पार्टी एकताको सम्भव भएको बताउनुभयो ।
सात ओटै वडा कमिटीको घोषणा गरिएको छ । प्रत्येक वडामा २९ सदस्यीय वडा कमिटी गठन गरिएको हो । वडा नम्बर एकको अध्यक्षमा नन्दलाल गीरी र सचिवमा शुद्ध बहादुर चेपाङ्ग, वडा नम्बर दुईको अध्यक्षमा प्रकाश बुढाथोकी र सचिवमा पञ्च बहादुर चेपाङ्ग, वडा नम्बर तीनको अध्यक्षमा ं शिव प्रसाद पौडेल र सचिवमा मिन बहादुर श्रेष्ठ, वडा नम्बर चारको अध्यक्षमा बिनोद उप्रेती र सचिवमा खड्ग बहादुर मगर , वडा नम्बर ५को अध्यक्षमा कुमार श्रेष्ठ र सचिवमा सम्झना सिलवाल, वडा नम्बर ६ को अध्यक्षमा भुपेन्द्र चेपाङ्ग र सचिवमा याम बहादुर गुरुङ्गर वडा नम्बर ७ को अध्यक्षमा ठुलकान्छा मगर र सचिवमा बिनोद तामाङ्ग रहेका छन् ।
कार्यक्रमा मुग्लिनका आखाँका रोगी शान्ता शेरचनलाई रु. १० हजार एपोलो क्लब मुग्लिनलाई रु १६ हजार र गोप्यश्वर यूवा क्लब बेलडाँडाका १२ जना फुटबल खेलडाीलाई जर्सी पनि सहयोग हस्तान्तराण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि परियारले सहयोग हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य प्रकाश अधिकारी, जिल्ला सदस्यहरु नारायण अधिकारी जिल्ला सदस्य तथा गाउँपालिकाका संयोजक प्रताप गुरुङ, जुना राजभण्डारी लगायतले बोलेका थिए ।
उनिहरुले अब सबै एक भएर अघि बढ्नु पर्ने बताएका थिए । पार्टी एकताले पूर्णता नपाउँदा कार्यकर्तामा निराशा छाएको बताएका थिए । कार्यक्रम जिल्ला सदस्य तथा नेकपा इच्छाकामनाका अर्का संयोजक दान बहादुर गुरुङ सभापत्त्विमा सम्पन्न भएको हो । कार्यक्रामको संचालन हरि थापाले गर्नुभएको थियो ।