कुरिनटार
चाडवाडको बेला सडक सुरक्षालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनले सडक चेक जाँच लाई तिब्रता दिएको छ। हिन्दु हरुको महान चाड दसै सुरु हुदै गर्दा सडकमा सवारीको उच्च चाप बढेको र सवारी चाप उच्च रहदा पनि तिब्र गतिमा सवारी चलाउने साथै माधक पदार्थ सेबन गरि सवारी चलाउने र अनुमती पत्र नै नलिगेकाले सवारी चलाइ दुर्घटना पर्ने अबस्था बढे पछि ट्राफिक प्रहरिले गति नाप्ने यन्त्र राडर सहित आज चितवनको इच्छाकामनामा सवारी चेक जाँच गरेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवन बाट खटिएको एक टोलि र मुग्लिङको ट्राफिक कार्यलय बाट को टोलिले इच्छाकामनाको चुम्लिङटारमा अहिले चेक जाँच गरि रहेको छ। अहिले बिहान ११ बजे सम्म मा ८ वटा सवारी कार्वाहीमा पर्दा ८ हजार रुपैयाँ राजस्व उठेको छ। ट्राफिक चेक जाँच आज दिन भर फरक फरक स्थानमा चल्ने ट्राफिक प्रहरिले जानकारी दिएको छ।