कुरिनटार:  चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा र हर्लिक्स प्रदान गरेका छन् । अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मंगलबार एक कार्यक्रमकाबीच ९० बर्ष उमेर पुगेका ७० जना जेष्ठ नागरिकहरुलाई ओड्ने न्यानो कपडा कम्बल र हर्लिक्स प्रदान गरेका हुन् ।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जेष्ठ नागरिकहरुको सम्मानस्वरुप न्यानो कपडा र हर्लिक्स प्रदान गरिएको बताउनुभयो । अध्यक्ष गुरुङले छोराछोरीले आफ्ना बृद्धबृद्धा बाआमालाई माया सम्मान दिनुपर्छ भन्ने संस्कारको विकास गर्न गाउँपालिकाले यो कार्यक्रम गरिएको बताउनुभयो । उहाँले गाउँपालिकामा ७० बर्ष पुगेका ७४६, ८० बर्ष पुगेका ४४९ र ८५ बर्ष पुगेका १९५ र ९० बर्ष पुगेका ७० जना रहेको बताउनुभयो ।


गाउँपालिकाले ७० बर्ष पुगेका ज्येष्ठ नागरिकहरुलाई नेपालीहरुको पर्व दशैँ र तिहारको अवसरमा हरेक बर्ष रु एक हजार रुपैयाँ पनि प्रदान गर्दै आएको पनि बताउनुभयो ।
न्यानो कपडा र हर्लिक्स पाएपछि जेष्ठ नागरिकहरु खुशी भएका छन् । ९१ बर्षिय सुन्तली माया श्रेष्ठले गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै धन्यावाद र आर्शिवाद दिनुभयो । अर्का ९५ बर्षिय कमलीकान्त पोखरेलले पनि खुशी व्यक्त गर्नुभयो ।


कार्यक्रममा उपाध्यक्ष कृतिकुमार श्रेष्ठ प्रशासकीय अधिकृत सुकदेव लम्साल प्रवक्ता सावित्री गुरुङ वडा नम्बर ३ का अध्यक्ष गोवद्र्धन अधिकारी लगायतले बोलेका थिए । वडा नम्बर ३ का सचिव रीता नेपालले संचालन गर्नुभएको कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरु उपस्थित थिए ।