
कुरिनटार, १३ असोज । चितवनको इच्छाकामना गाउँपलिकाका प्रशासकीय अधिकृत नरहरि सापकोटालाई आज गाउँपालिकाले विदाई गरिएको छ । एक कार्यक्रमकाबीच जनप्रतिनिधि र कर्मचारीहरुले आगामी कार्यकालको सफलताको शुभकामना दिदैँ विदाई गरेका हुन् ।
विदाई कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले समग्र मुलुकको विकासका लागि कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । जनप्रतिनिधि र कर्मचारीबीच नङ र मासुको जस्तो सम्बन्ध रहनु पर्ने बताउनुभयो । जनताको काम गर्ने सवालमा छिटोछरितो काम होस् भन्ने चाहना राख्दा मन दुखाउन नहुने बताउनुभयो । आगामी कार्यकाल अझ राम्रो होस् भनी सफलताको शुभकामना दिनुभयो ।
उपाध्यक्ष कृतिकुमार श्रेष्ठले कर्मचारीले जहाँ गए पनि आफ्नो भूमिका विर्षन नहुने बताउनुभयो । वडाअध्यक्ष गोवर्धन अधिकारीले कामको शिलसिलामा नबुझेर केही कुरामा विमती भए पनि ती सबै जनताको समग्र गाउँपालिकाको हितका लागि भएको भन्दै यसलाई शिक्षाको रुपमा ग्रहण गर्नु पर्ने बताउनुभयो ।
तस्बीर : हीरालाल गुरुङ रासस
कर्मचारीको तर्फबाट लेखा शाखाका पदम थापा र शिक्षा अधिकृत दुर्गादेवी खड्काले बोल्नुभएको थियो । उहाँहरुले सापकोटाले कर्मचारीहरुसंग निभाएको अभिावकत्वको प्रशंसा गर्नुभयो ।
सापकोटाले आफुले यस दुई बर्षका अवधीमा कुनै जानेर वा नजाने गल्ती भए माफ गरिदिन आग्रह गर्नुभयो । । सेवाग्राही जनताको काम छिटो छरितो गर्ने चाहना अनुरुप कहिलेकाही कर्मचारीहरुलाई निर्देशन दिने क्रममा गल्ती हुन सक्ने भन्दै सापकोटाले आफ्नो व्यक्तिगत स्वार्थ नभई जनताको हितका लागि भएकाले यसलाई अन्यथा नलिन आग्रह गर्नुभयो । कर्मचारीको अभाव नयाँ अनुभव दुर्गम भुगोल लगायतका कारणले आफुले सोचे जस्तो सेवा प्रभाव गर्न नसकेको स्किार गर्दे जे जती गरे त्यासबारे आफुले गर्व महशुस गरेको बताउनुभयो । उहाँले यहाँका जनप्रतिनिधि, कर्मचारी लगायत सबैलाई नेपाल भ्रमण बर्ष २०२०को अवसरमा बन्दीपुरमा आउनका लागि निमन्त्रणा गर्नुभयो । सापकोटा तनुहँको बन्दीपुर गाउँपालिका सरुवा हुनुभएको हो ।
इच्छाकामना गाउँपालिकामा बन्दीपुर गाउँपालिकाबाट सरुवा भई प्रशासकीय अधिकृत सुकदेव लम्साल आउनुभएको छ ।