चितवन, २८ भदौ । निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा उमानन्द कडेँल विजयी भएका छन् । नयाँ नेतृत्वको लागि (शुक्रबार) भएको निर्वाचनबाट अध्यक्षमा  कँडेल भारी मतान्तरले विजयी भएका हुन् । बाम प्यानलका उम्मेद्वार छवि गौतमलाई १३६ मतले पराजित गर्दै नेपाली काँग्रेस निकटका कँडेल विजयी भएका हुन् । कँडेलले २०४ मत ल्याए भने प्रतिष्पर्धी गौतमले ६८ मत मात्रै प्राप्त गरे ।

यस्तै द्धितीय उपाध्यक्षमा बाम प्यानलका दिनेशचन्द्र न्यौपाने विजयी भएका छन् । उनले काँग्रेस निकटका भिष्म अधिकारीलाई पराजित गरे । न्यौपानेले १५४ मत प्राप्त गरे भने अधिकारीले ११६ मत प्राप्त गरे । यस्तै संघको सचिवमा झिनो मतान्तरले पुष्कर अधिकारी विजयी भ
एका छन् । अधिकारीले १३६ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्धन्द्धी राजेन्द्रकुमार श्रेष्ठले १३२ मत ल्याए । त्यसैगरी सह–कोषाध्यक्षमा ताराप्रसाद दुवाडी विजयी भएका छन् । दुवाडीले १६० मत प्राप्त गरे भने निकटम प्रतिद्धन्द्धी बाबुराजा सिंहले १११ मत प्राप्त गरे ।

यस्तै संघको खुुल्ला सदस्यमा सहदेव उप्रेती, संजय न्यौपाने , शिवलाल ढकाल , प्रकाश तिवारी, दीपक अधिकारी , विष्णु प्रसाद लामिछाने , दीपक पाठक र पिताम्बर बास्तोला विजयी भएका छन् । कुल ८ जना खुल्ला सदस्यका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको थियो।

प्रथम उपाध्यक्षमा केशवप्रसाद लामिछाने र महासचिवमा पुस्तक अधिकारी निर्विरोध निर्वाचित भएका थिए । यस्तै कोषाध्यक्षमा उत्सव भट्टराई पनि निर्विरोध निर्वाचित भए । यस्तै महिला सदस्यमा पनि रोजिना भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् ।