चितवन :  नेपाल चेपाङ संघ चितवनको अध्यक्षमा भिम बहादुर चेपाङ निर्वाचित भएका छन । मंगलबार भरतपुरमा सम्पन्न संघको छैटौ अधिवेशनमा अध्यक्षका प्रत्याशी महेन्द्र चेपाङलाई पराजित गर्दै भिमबहादुर निर्वाचित भएका हुन । बिजयी भिमबहादुर चेपाङले ६० मत प्राप्त गर्दा महेन्द्र चेपाङले ३० मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा निबु चेपाङलाई पराजित गर्दै जगराम चेपाङ निर्वाचित भएका छन भने सचिवमा मोनिका चेपाङलाई पराजित गर्दै इन्द्रजित चेपाङ निर्वाचित भएका छन । त्यस्तै कोषाध्यक्षमा सारा चेपाङलाई पराजित गर्दै इन्द्रमाया चेपाङ निर्वाचित भएका छन । निर्वाचित सबैजना नेकपा प्यानलका हुन । १७ जना कार्यसमिति रहने संघको पदाधिकारीका लागि निर्वाचन भएपनि सदस्यहरु भने सर्वसम्मत भएको छ । नेपाल चेपाङ संघको केन्द्रिय उपाध्यक्ष सुनिमाया चेपाङ प्रमुख अतिथि रहेको कार्यक्रममा चेपाङ संघको पुर्व केन्द्रिय अध्यक्ष तथा पुर्व सभासद गोविन्दराम चेपाङ, आदिवासी जनजाति महासंघ चितवनका सचिव महेन्द्र दुरा, चेपाङ जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संघका अध्यक्ष लक्ष्मण चेपाङको अध्यक्षतामा भएको थियो ।