गोरखा : गोरखाको भुम्लीचोकमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । गण्डकी गाउँपालिका वडा न ६ मा अवस्थित न्यु स्टार अफ भुम्लीचोक युथ क्लबले दशैको अवसर पारेर भव्यरुपमा सांस्कृतिक कार्यक्रम गर्ने भएको भएको हो । मनको शुद्ध विचार अनि सामाजिक विकासको सङ्कल्प सहित, नयाँ पुस्ताको नयाँ पाइला भन्ने मुल नाराका साथ उक्त कार्यक्रम गर्न लागेको क्लबका सचिव साजन श्रेष्ठले बताउनुभयो ।
सांस्कृतिक कार्यक्रमका साथै उक्त दिन क्लबको दोस्रो साधरण सभा समेत रहेको छ । कार्यक्रममा ख्याति प्राप्त तथा स्थानीय कलाकारहरुको बेजोड प्रश्तुति रहने छ । कार्यक्रममा लोक तथा दोहोरी गायक शितल गुरुङ, बिस्नु खतिवडा ,कल्पना गुरुङ लगायत अन्य स्थानीय कलाकारहरुको उपस्थिति रहनेछ । कार्यक्रममा सहाभागिहरुले आफ्नो प्रतिभा समेत प्रश्तुत त गर्न पाउनेछन् ।
क्लबले हरेक वर्ष विविध सांस्कृतिक कार्यक्रमहरु गर्दै आएका छन् ।