चितवन :  नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट रोल्पाका लागि आउँदै गरेको ना४ख २६०७ नंम्बरको बसले गएराती १२ :३० बजे अन्दाजी २८ वर्षीय पुरुषलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन । शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।