तनहुँ : दुर्घटनाका मृतकको परिवारलाई उचित क्षतिपुर्ती र दोषी चालकलाइ कारवाहिको माग गर्दै पिडित पक्षले आबुखैरेनिमा पृथ्वी राजमार्ग अवरुद्ध गरेको छ । आज बिहान करिब सवा ९ बजेतिर आबुखैरेनी बजार स्थित छिम्केश्वोरी अस्पताल अघि डुम्रेबाट आबुखैरेनीतर्फ आउदै गरेको लु १ ख ८००२ नम्बरको बसले सोही दिशाबाट आउदै गरेको बा ९९ प १४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको थियो । सोही दुर्घटनामा परि मृत्यु भएका मृतकको परिवारलाइ उचित क्षतीपुर्ति र दोषी चालकलाई कामकारबाहीको माग गर्दै पिडित पक्षले राजमार्ग अवरुद्ध गरेको हो । राजमार्ग अवरुद्ध हुदा आबुखैरेनी हुँदै काठमाडौ, पोखरा, नारायणगढ, गोरखा लगाएतका स्थानमा जाने यात्रुहरु अलपत्र परेका छन । एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परि गोरखाको सहिद लखन गाउपालिका २ मनकामना का २८ वर्षीय यम बहादुर थापाको मृत्यु भएको थियो ।