आबुखैरेनी : तनहुँको आबुखैरेनी बजारमा मोटरसाइकल दुर्घटना भएको छ । शनिबार बिहान सवा ९ बजेतिर आबुखैरेनी बजार स्थित छिम्केश्वोरी अस्पताल अघि डुम्रेबाट आबुखैरेनीतर्फ आउदै गरेको लु १ ख ८००२ नम्बरको बसले सोही दिशाबाट आउदै गरेको बा ९९ प १४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा गोरखाको सहिद लखन गाउपालिका २ मनकामना का २८ वर्षीय यम बहादुर थापा रहेको ईलाका प्रहरी कार्यालय आबुखैरेनिका प्रमुख प्रहरी निरीक्षक महेशराज पाठकले जानकारी दिनुभयो ।