कुरिनटार : संविधान दिवसको अवसरमा चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा दिप प्रज्वलन गरिएको छ । बिहिबार साँझ गाउँपालिकाको कार्यालयको प्रांगणमा दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलनपछि बोल्दै गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले नेपाली जनताले लामो त्याग तपस्य र संघर्षबाट प्राप्त गरेको उपलब्धी रक्षा गर्न संविधानको पालना गर्नु पर्ने बताउनुभयो ।
केन्द्रिय सरकारको निर्देशन अनुसार नेपाली जनताले आफ्नो हक अधिकार प्राप्त गरेको दिनलाई हर्सोल्लासका साथ मनाउन गाउँपालिकाले विभिन्न कार्यक्रम आयोजना गरिएकोले उक्त कार्यक्रमहरुमा सक्रिय सहभागी हुन सबै इच्छाकामना गाउँपालिका वासीहरुलाई आग्रह गर्नुभयो । सोअवसरमा भोली ३ गते सरसफाई तथा र्याली र ४ गते बृक्षारोपण कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिदैँ उक्त कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो । कार्यक्रममा उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, वडाअध्यक्षहरु अन्य जनप्रतिनिधि लगायत विभिन्न संघसंस्थाका व्यक्तित्वहरुको सहभागिता रहेका थिए । कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत नरहरि सापकोटाले संचालन गर्नुभएको थियो ।

