गोरखा  : पकेट मारेको अभियोगमा जिल्ला प्रहरी कार्यालय गोरखाले आईतबार बेलुका दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मुजफ्फरपुर थाना काटी बस्ने ३० वर्षिय उषादेवी पासी र चन्द्रमुखी पासी रहेको प्रहरीले जानकारी दिएको छ । आरोपितहरुले गोरखा नगरपालिका तेह्रकिलो बस्ने ७५ वर्षिया पनिमाया गुरुङको झोलामा राखेको नगद २० हजार रुपैयाँ चोरी गरेका थिए । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत गोरखामा पेश गरी म्याद थप गरी अनुसन्धान गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ । साथै चाडपर्वको बेलामा सवारी साधनमा हुने भिडभाडको मौका उठाई अपराधिक मानसिकता भएका ब्यक्तिले पकेटमारी गर्न सक्ने हुदा सो सम्बन्धमा सचेत हुन पनि जिल्ला प्रहरी कार्यालय गोरखाले आग्रह गरेका छन् ।