कुरिनटार २१ भाद्र,

चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको सबै क्षेत्र यहि आर्थिक बर्षमा सडक संजालले जोडिने गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङले बताउनु भएको छ।

सनिवार बिहान इच्छाकामना एफ एम १०२.४ मेगाहर्जको कार्यक्रम स्थानीय सरोकारमा बोल्दै अध्यक्ष गुरुङले यहि आर्थिक बर्ष भित्र गाउँपालिका भित्रका सबै क्षेत्र सडक संजालले जोडिने बताउनु भएको हो। उहाले भन्नू भयो `गत आर्थिक बर्षमै सडक संजालले जोड्ने लक्ष  थियो तर सकिएन,यो आर्थिक वर्ष बाकी रहेको मुग्लिङ तामिन हुँदै इच्छाकामना वडा ६ को ओर्ल्याङ चण्डिभंज्याङ सम्म  र वडा ७ को गड्दास उपर्दाङगडिको बाटो सम्पन्न गरि सडक संजालले जोड्ने छौ।´ साथै अध्यक्ष गुरुङले सडक संजालले जोड्ने मात्र होइन गाडी चल्ने गरेर उत्कृष्ट सडक निर्माण गर्ने र भएका सडकहरु को स्थर उन्नती समेत गर्ने र उपभोक्त समिती हरु लाई रकम भुक्तान गर्दा पहिले आफै गाडी लिएर गएर सडकको स्थर जाँच गरेर मात्र भुक्तान गर्ने समेत बताउनु भएको थियो।

 

इच्छाकामना गाउपालिकाको प्रशासनिक काममा जनप्रतिनिधि हरुको हस्तक्षेप हुन्छरे भन्ने प्रश्नको उत्तर दिदै अध्यक्ष गुरुङले आफू लाई जनताको काम ढिला नहोस भन्ने मात्र लाग्छ त्यसैले कहिले काहीँ यी जनताको काम के कारणले भएन भनेर बुझ्दा कर्मचारीले हस्तक्षेप गरेको सम्झेका होलान तर आफुले प्रशासनिक काममा हस्तक्षेप नगरेको बताउनुभएको थियो।  केही समय अगाडि इच्छाकामना गाउपालिकाले जग्गा बिक्री बितरणमा रोक लगाउदा  तोक पत्र प्रशासन बाट हुन पर्नेमा तपाइले किन हस्ताक्षर परिपत्र गर्नु भयो भन्ने प्रश्नको उत्तर दिदै उहाले आफुलाइ छिटो म्यासेज प्रसारित होस र जन साधरणले दुख नपावस साथै भु माफिया हरु बाट सार्बजनिक जग्गा जोगाउन सकियोस भनेर आफैले रोक आदेश जारी गरेको र आफू गाउपालिका प्रमुख भएको कारण त्यो गर्नु आफ्नु कर्तव्य र अधिकार भएको समेत बताउनु भएको छ।

 

अध्यक्ष गिता कुमारी गुरुङ संङ कुराकानी गरिएको कार्यक्रम स्थानीय सरोकार इच्छाकामना एफ एम १०२.४ मेगाहर्ज र फेसफुक बाट लाइब गरिएको थियो। साथै उक्त कार्यक्रमको पुनप्रसारण  सनिवार बेलुका ६ बजे पछाडी इच्छाकामना एफएम बाट प्रसारण हुनेछ।