चितवन :  धान रोपेको २१ दिनपछि रासायनिक युरिया मल हाल्नुपर्छ, तर चितवनका अधिकांश किसानले आजसम्म पनि धानमा युरिया मल नै छर्न पाएका छैनन् । छर्नेले पनि पर्याप्त कहाँ पाउनु रु कारण एउटै छ, बजारमा मलको अभाव ।

झन्डै दुई महिनादेखि मल खरिद–बिक्री गर्ने जिम्मेवारी पाएका कृषि सामग्री कम्पनीमा युरिया मल नै छैन । एक महिनादेखि नभएको रासायनिक डीएपी मल किसानले केही दिनदेखियता पाउन थालेका छन् भने युरियाको बाटो हेर्दाहेर्दै धानमा चमार लाग्ने बेला भइसक्यो तर मल आएकै छैन ।

गुञ्जनगरका किसान राधाकृष्ण घिमिरेले भरतपुर विमानस्थलअगाडि रहेको एक कृषि सहकारीमा झन्डै एक घन्टा लाइनमा बसेर पाँच किलो युरिया मलमा चित्त बुझाउनुप¥यो । उनीसहित धेरै किसानले लाइनमा बसेर पाँच किलो मल लिए ।

किसान घिमिरेले भने, ‘के गर्नु मलको अभाव भयो, चाहिनेजति पनि लान नपाइने रु मल नै छैन भन्छन्, पाँच किलो पाउँदा पनि के नहुनुभन्दा के निको भनेजस्तो भयो ।’ उनका अनुसार मलको अभावले यसपटक धान उत्पादन घट्ने संकेत देखिएको छ । उनले भने,

‘एकातिर प्रशस्त पानीको अभाव र अर्कोतिर मलको अभाव, यहाँभन्दा सास्ती किसानलाई अरु केही हुन्छ रु’

गीतानगरका अर्का किसान राजबहादुर भुजेल पनि प्रशस्त मल नपाएको बताउँछन् । ‘बजारमा मलको हाहाकार नै देखियो, कुनै कृषि सहकारीमा मल नै छैन, अब के गर्ने रु’ उनले सुनाए ।

यी दुई किसान त प्रतिनिधि पात्र हुन्, उनीहरुजस्ता धेरै किसानहरुले मल पाएका छैनन् । चितवनमा रासायनिक मलको अभाव भएपछि किसानले मल नपाएका हुन् ।

मल पाउने किसानहरु पनि कृषि सहकारीहरुमा घन्टौँ लामो लाइनमा बस्न बाध्य भएका छन् । कृषि सामग्री कम्पनी लिमिटेड भरतपुरले किसानलाई मलको लागि अझै एक साता कुर्न सन्देश दिएको छ ।

कृषि सामग्री कार्यालय प्रमुख रवीन्द्र गौतमले भने, ‘युरिया मल अर्को हप्तासम्म आइसक्छ, कलकत्ताबाट नेपालका लागि मल गइसकेको खबर आएको छ, यहाँसम्म आउन कम्तीमा एक हप्ता त लाग्छ ।’

गौतमका अनुसार साउन–भदौ महिनामा मलको माग अत्यधिक हुन्छ, स्टक भएको पनि सकिन्छ । भारतबाट मल आउन समय लाग्छ, मल नभएपछि किसानलाई वितरण गर्न सकिँदैन ।

साल्ट टे«डिङ कर्पोरेसनले न्यूनमात्रामा भए पनि मल वितरण गरिरहेको छ । साल्ट टे«डिङ कर्पोरेसनका चितवन शाखा प्रमुख बुद्धिविनोद दाहालले युरिया र डीएपी मल न्यूनमात्रामा वितरण भइरहेको बताए । उनले भने, ‘साल्ट टे«डिङले वितरण गर्ने मलले पुग्दैन, कृषि सामग्री कम्पनीसँग छैन जसका कारण मल अभाव भएको हो ।’

उनका अनुसार साल्ट टे«डिङले मल वितरण गरेर चरम मल अभाव हुन दिएको छैन । देशभर मल आपूर्तिको ३० प्रतिशत परिमाणमात्रै साल्ट ट्रेडिङले बिक्रीवितरण गर्दै आएको छ । शाखा प्रमुख दाहालले भने, ‘थोरै परिमाणमा आउँछ, साउन–भदौमा धेरै माग हुँदा पुग्दैन ।’
चितवनमा साउन–भदौमा कम्तीमा २५ सय मेट्रिक टन रासायनिक मल चाहिन्छ । कृषि सामग्रीमा नहुने र साल्ट टे«डिङले नपुग्ने अवस्था सिर्जना हुँदा चितवनमा साउन–भदौमा बर्सेनि मलको अभाव भइरहेको छ । कृषि सामग्री र साल्ट ट्रेडिङले चितवन जिल्लाका १५० वटा कृषि सहकारीमार्फत रासायनिक मल वितरण गर्दै आएका छन् ।

साल्ट टे«डिङ कर्पोरेसनले चितवनमा अनुदानित र गैरअनुदानित मल वितरण गर्दै आएको छ । चितवनमा खेतीयोग्य जमिन घटे पनि अत्यधिक रासायनिक मलको प्रयोग हुने हुँदा यसको माग बढिरहेको छ ।

एकातिर किसान प्राङ्गारिक मलतर्फ आकर्षित हुन सकेका छैनन्’, कृषि सामग्री प्रमुख गौतमले भने, ‘अर्कोतिर चितवनमा केराखेती, माछापालन, हरियो मकैको व्यावसायिक खेती बढिरहेको छ, जसका कारण रासायनिक मलको माग तीव्ररुपमा बढेको छ । आजको चितवनपोष्टमा किशोर खनालले खबर लेख्नुभएको छ ।