चितवन : न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम सिधा कुरा जनतासंगका कार्यक्रम प्रस्तोता रवि लामिछाने उच्च अदालत पाटनमा पुगेका छन् । पत्रकार शालिग्राम पुडासैनी प्रकरणमा पक्राउ गरि अदालतको आदेशमा धरौटीमा रिहा भएका उनी जिल्ला अदालतको आदेश बदर गरि पाउँ भन्दै उच्च अदालत पाटन, हेटौंडा इजलासमा पुगेका हुन् ।
उनले पुडासैनीको मृत्यु अघि आफ्नो मोवाइलमा रेकर्ड गरेको भिडियोको आधारमा अनुसन्धानका लागि पक्राउ परेका रविसहित युवराज कँडेलले जनही ५ लाख र ३ लाख रिहा गरेको आदेश चित्त नबुझेको भन्दै मंगलबार निवेदन दर्ता गराएको बताइएको छ ।
फौजदारी संहिता २०७४ को दफा ७३ बमोजिम चितवन अदालतको सो आदेश बदर गरि साधारण तारेखमा रही मुद्धा पुर्पक्ष गरि पाउँ भन्ने निवेदमा उल्लेख छ ।निवेदन उपर बुधबार प्रारम्भिक सुनुवाई गर्ने बताइएको छ ।