चितवन : चितवनको रत्ननगर नगरपालिकाले पर्यटकिय सौराहामा भवन निमार्ण मापदण्ड लागु गरी भवन र त्यसमा लगाउने कलरमा एकरुपता ल्याउने भएको छ । सौराहाको पर्यटन विकासको लागि नगरपालिकाले रचनात्मक कामको सुरुवात गरेको भन्दै व्यवसायीहरुले त्यसको स्वागत गरेका छन ।
सौराहाको प्रकृति सौन्दर्यतालाई जोगाउन नगरपालिकाले व्यवसायीहरुसंग सहकार्य गरी भवन निर्माण र कलरमा एकरुपता लयाउन लागेको हो । ६ महिना अघि लागु गरिएको मापदण्डमा साढे २ तल्ला भन्दा माथी निर्माण गर्न नपाउने र सबै भवनहरुमा वातावरणमैत्री कलर लगाउनु पर्ने अनिवार्य गरिएको मेयर नारायण वनले बताए ।
यो व्यवसायीलाई समस्यामा पार्न गरिएको काम होइन उनले भने सौराहालाई आर्कषक बनाउन सुरु गरिएको अभियान हो । भवन निर्माण मापदण्ड कार्यानवयनको लागि नगरपालिकाले विहीवार सौराहाका व्यवसायीहरुसंग छलफल गरेको छ । सो कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र प्रदेश सभा साँसद कृष्णप्रसाद खनालको समेत सहभागिता रहेको थियो सौराहामा करिब १२० वटा होटल र ८० वटा रेष्टुरेष्ट रहेका छन ।
नगरपालिकाले होटल सञ्चालनको लागि बनाउने भवनको जग्गाको क्षेत्रफल र खुल्ला क्षेत्र समेत निर्धारण गरी १ देखि २ कठ्ठामा भवन बनाउदा ६० प्रतिशत खुल्ला क्षेत्र,२ देखि ४ कठ्ठामा भवन निर्माण गर्दा ५० प्रतिशत खुल्ला क्षेत्र र ४ कठ्ठा माथी भवन बनाउदा ४० प्रतिशत खुल्ला क्षेत्र हुनुपर्ने अनिवार्य गरेको छ । रेष्टुरेण्टको हकमा जग्गाको क्षेत्रफल ६ घुर देखि एक कठ्ठा सम्म ६० प्रतिशत खुल्ला क्षेत्र र १ कठ्ठा भन्दा माथी ५० प्रतिशत खुल्ला क्षेत्र हुनुपर्ने छ ।
कार्यक्रममा क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले निर्माण भइसकेका घरको विषयमा विज्ञ समुह बनाएर निकास निकाल्नु पर्ने बताए । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगानाले सौराहालाई जोगाउन नगरपालिकाले नविनतम कामको सुरुवात गरेको भन्दै व्यवसायीहरुले साथ दिनुपर्ने बताए ।
कार्यक्रममा उपमेयर विमला दुवाडी,चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल,जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भरतपुरका प्रमुख नारायण काफ्ले,राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल,एसपी दानबहादुर मल्ल,वडा नं ६ का वडाध्यक्ष वलराम दाहाल,७ का वडाध्यक्ष लालबहादुर भट्ट,८ का वडाध्यक्ष विनोद बस्नेत,होटल संघ नेपालका केन्द्रीय सदीस्य ज्ञानेन्द्र कुमार विष्ट,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी,डिएसपी भाबेस रिमाल,युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी,साना पर्यटन व्यवसायी समुहका अध्यक्ष भरतबाबु कट्ट्ल,व्यवसायी धु्रव गिरी,सुवासचन्द्र गौतम,गिरिधारी चौधरी,टीका गिरी,अर्जुन चौधरी,अरुण रिजाल, लगायतले मन्तव्य राखेका थिए । मेयर नारायण वनको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रबक्ता राजेन्द्र हमालले सहजिकरण गरेका थिए ।