कुरिनटार । इच्छाकामनाका मृगौला पीडितलाई आर्थिक सहयोग प्राप्त भएको छ । आज थकाली सेवा समाजको प्रांगणमा सिर्जनशिल महिला जागरण केन्द्रले आयोजना गरेको तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रममा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा इच्छाकामना गाउँपालिका वडा न ४ का १६ बर्षिय दल बहादुर बुढाथोकीलाई रु २० हजार नगद सहयोग गरिएको हो ।
सिर्जनशिल महिला जागरण केन्द्रबाट रु १० हजार, हाइवे कन्ट्रक्सन प्रालिबाट रु ५ हजार र सिराइचुली महिला समूह स्याङदीले रु ५ हार सहयोग गरेका हुन् ।

साथै हाइवे कन्ट्रक्सन प्रालिका प्रोपाइटर भिम घलेले दुई महिला समूहरुलाई साडी ड्रेस सहयोग गरेका थिए ।
लाली गुराँस महिला समूह साठीमुरेलाई ३६ थान र उज्वलशिल महिला समूहलाई १३ गरि ३९ थान ड्रेस सहयोग गरिएको हो । प्रमुख आतिथि तथा गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र विशिष्ट अतिथि उपाध्यक्ष कृतिकुमार श्रेष्ठले हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले सिर्जनसिल महिला जागर केन्द्र गरिब दुखीहरुको साहरा बनेको भन्दै प्रशंसा गर्नुभयो । नाम जस्तै सिर्जनशिल काम गरेकोमा धन्यावाद दिनुभयो । हिन्दु नारीहरको महान चाडको शुभकामना दिनुभयो ।
उपाध्यक्ष कृतिकुमार श्रेष्ठले तडक भडक नगरीकन संस्कृति बचाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, महिला समूहरु लगायत गाउँपालिकाका मलिहा दिदी बहिनीहरुको सहभागिता रहेका थिए ।
केन्द्रका अध्यक्ष सावित्रि पुडासैनीको सभापतित्वमा सहयोग हस्तान्तरण तथा दरखाने कार्यक्रम सम्पन्न भएको हो ।