इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा करिव साज ५ बजे भएको बाइक दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन।

काठमाडौ बाट मुग्लिङ तर्फ आउदै गरेको बजाज एन.एस. प्रदेश ३ को १५८४ नम्बरको मोटरसाइकल ना ७ ख ५ नम्बरको मालबाहक ट्रकमा ठक्कर खादा करिव २५ बर्षका सहिद लखन गाउँपालिका जुक्दी राइनसका राजकुमार चेपाङ गम्भीर घाइते भएका हुन भने अर्का एकजना सामान्य घाइते भएका छन। गम्भीर घाइतेको खुट्टा ट्रकले चेपेको छ भने उनलाइ अहिले मनकामना पोलिक्लिनिक कुरिनघाटमा प्राथमिक उपचार गरि भरतपुर लैजाने तयारी भै रहेको छ। बिस्तृत विवरण आउन बाकी रहेको छ।