चितवन : चितवन  :पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नका लागि डोरी किनेको पसल प्रहरीले फेला पारेको छ ।सिसिटिभी फुटेजमा शालिकराम एक्लै गएर बसपार्कमा रहेको एक पसलबाट डोरी किनेको दृश्य फेला परेको छ ।

प्रहरीले पसलको सिसिटिभी फुटेज लिएर अनुसन्धान थालेको छ ।

बसपार्कको होटल कंगारुमा दिउँसो ३स्३०मा पुगेका पुडासैनीले बाहिर निस्किएर डोरी किनेका फुटेजमा देख्न सकिने अनुसन्धानमा संलग्न प्रहरीका एक अधिकारीले जानकारी दिए ।

पत्रकार पुडासैनीले लुगा सुकाउन भन्दै ५ मिटर डोरी मागेका थिए । दृश्यमा पसलका कामदारले डोरी नापेको र प्लाष्टिकको झोलामा डोरी लगेको देखिएको छ ।

होटलमा पुगेर आत्महत्या गरेका पुडासैनीको मोबाइलमा रहेको भिडियो सन्देशमा सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनाका कारण आफूले आत्महत्या गरेको उल्लेख छ ।

प्रहरीले आत्महत्यामा दुरुत्साहनको अनुसन्धानका लागि लामिछानेसहित, पत्रकार युवराज कंडेल र नर्स रुकु भन्ने अस्मिता कार्कीलाई हिरासतमा राखेको छ ।