कुरिनटार : नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने जुगेडी पुलबाट ट्रक खसेको छ । काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ६५० नम्वरको ट्रक पुलबाट खोलामा खस्दा तीन जना घाइते भएका छन् । घाइतेमध्य एकको अवस्था गम्भिर र दुईको मध्यम रहेको प्रहरीले जनाएको छ । चालक सहित घाइते भएकाहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।