कुरिनटार:तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् इच्छाकामनाले गुरुङ विद्यार्थीहरुलाई सम्मान गरेको छ । धीं ले २०७५ सालको एसइईमा इच्छाकामना गाउँपालिकाबाट सहभागी गुरुङ विद्यार्थीहरुलाई मुग्लिन बजारमा आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । सम्मान कार्यक्रमका प्रमुख अतिथी इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा तमु हुयल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रिय उपाध्यक्ष कर्णबहादुर गुरुङ, जिल्ला अध्यक्ष गणेश गुरुङ, ३ नं. प्रदेश प्रमुख सन्तलाल गुरुङ, सदस्य कृष्ण घोताने गुरुङ लगायतको उपस्थिति रहेको थिए ।

कार्यक्रम तमु हुयल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् इच्छाकामनाका अध्यक्ष दिलिप कुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।