श्रावण३१ कुरिनटार,
पत्रकार सालिकराम पुडासैनी आत्माहत्या केशमा मृतकले आफ्नैपुर्ब सहकर्मी समेत रहेका चर्चित संचारकर्मी रवि लामिछाने सहित तीन जनालाइ आत्महत्या पुर्व भिडियो बनाएर दुरुत्साहन आरोप लगाएको कारण अनुसंधानको लागि प्रहरिले सिधाकुरा जनता सङ कार्यक्रमका दुई पत्रकार सहित तीन जना लाई हिजो नियन्त्रणमा लियर चितवन लेराउने क्रममा मुग्लिङमा रबि लामिछाने जिन्दावाद भन्दै नारा लागेको छ।
रातिको करिव १२ बजे रबि लामिछाने लाई लेराएको प्रहरी को गाडी मुग्लिङ आइपुग्न साथ स्वस्फूर्त स्थानिय युवा हरुले रबि दाइ जिन्दाबाद वि वान्ट रबि जस्ता नाराबाजी गरेका थिए। नारा वाजीमा सहभागी हरुले रवि माथी अनुसंधान नहोस भनेर भन्दा पनि उनको आत्मबल नगिरोस र अनुसंधानले निर्दोश ठहरिए फेरि पहिलेकै शैलीमा आफुलाइ प्रस्तुत गरून् भनेर मनोबल बृद्दिका लागि प्रयास गरेको बताएका छन।
काठमाडौमा प्रहरीले तिनै जनालाइ नियन्त्रणमा लिएर हिजै चितवन लेराएको हो। पानीपोखरी स्थित news 24 tv को कार्यलयमै पुगेर प्रहरिले एकजना tv journalist सहित चर्चित पत्रकार रबि लामिछानेलाइ जरुरी पक्राउ पुर्जी थमाएर नियन्त्रणमा लिगेको थियो। सिधाकुरा जनता संङ सुरुहुन भन्दा करिब १ घण्टा २५ मिनेट अगाडि पत्रकार पक्राउपरेपछी हिजोको कार्यक्रम चलाउन नसकेको news24 ले जनाएको छ।
राती करिव १ बजे चितवनमा स्वास्थ परिक्षण गराइ रबि लामिछाने सहित आरोपी तिनै जनालाइ जिल्ला प्रहरी कार्यलयमा राखिएको छ।
vdo- socialmedia