श्रावण १७ बन्दिपुर तनहुँ,
लायन्स क्लव अफ तनहुँ डुम्रे र हरिहर महिला समुहको संयुक्त आयोजनामा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । क्लबले एक कार्यक्रममका बिच बन्दिपुर गाउँपालिका स्थित चिजकुमार बिष्णुकुमारी क्याम्पस हाता भित्र बृक्षारोपण कार्यक्रम गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै बन्दिपुर गाउँपालिका अध्यक्ष पुर्णसिं थापाले बृक्षारोपण कार्यक्रम आफैमा महत्वपुर्ण काम भएकाले बिरुवा रोपसिके पछि संरक्षणमा ध्याान दिन सके बाताबरण हरियाली हुने बताउनु भयो । कार्यक्रमका बिभिन्न प्रजातीका ५५ बिरुवा रोपिएको हरिहर महिला समुहकी अध्यक्ष सरिता पियाको बताउनुभयो ।
हरिहर महिला समुहकी अध्यक्ष सरिता पियाको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा पुर्ब भुमीसुधार ब्यासथा मन्त्री भिमप्रसाद गौतम, बन्दिपुर गाउँपालिका वडा नं. १ का अध्यक्ष भानुभक्त पोख्रेल, लायन्स क्लव तनहुँ डुम्रे अनि चिजकुमार बिष्णुकुमारी क्याम्पसका संस्थापक अध्यक्ष एवं तनहुँ उद्योग बाण्ज्यि संगका अध्यक्ष मानकाजी श्रेष्ठ, लायन्स क्लव तनहुँ डुम्रे पुर्व अध्यक्ष ऋषीराम अधिकारी, चिजकुमार बिष्णुकुमारी क्याम्पसका प्रमुख माधव पण्डित, पवित्रा मा.विका प्रधानाध्यापक रघुनाथ पण्डित लायन्स क्लव तनहुँ क्ल्स्टर चिफ चुणमणी दहाल जोन चियर पर्सन कबिराज श्रेष्ठ डुम्रे उपाध्यक्ष बैस गुरुङ कल्वका सदस्य पत्रकार लगायत बिद्यार्थीहरुले बृक्षरोपण गरेका थिए ।