कुरिनटार :  गिरिजाप्रसाद कोइराला फाउण्डेशन डेमोक्रेसी पिस एण्ड डेभलपमेण्ट इच्छाकामनाको संयोजकमा सावित्रि गुरुङ चयन भएको छ । फाउण्डेशनको आज मुग्लिनमा भएको एक भेलाले इच्छाकामना गाउँपालिकाको प्रवक्ता समेत रहेको गुरुङलाई संयोजकमा चयन गरेको हो । भेलामा फाउण्डेशनका चितवन संयोजक कमल आचार्य, क्षेत्रीय संयोजक छविलाल ढकाल, सदस्य मित्रनारायण आचार्य, नेपाली कांग्रेसका इच्छाकामना सभापति विष्णु कुवँर, इच्छाकामना गाउँपालिका उपाध्यक्ष कृति कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।