काठमाडौं :  प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्तालाई पक्राउ गरेको छ । गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा गराइएको बम विस्फोटका मुख्य योजनाकार मानिएका दोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त विस्फोटमा संलग्न भएको भनिएका ८ जनामध्ये दोर्जेसहित हालसम्म ७ जना पक्राउ परिसकेका छन्। घटनामा संलग्न भई फरार रहेका भोजपुरको षडानन्द नगरपालिका–९ का ३३ वर्षीय शेर्पालाई काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध शाखा टेकुले जनाएको छ ।

पक्राउ परेका शेर्पा विप्लव नेतृत्वको नेकपाका युवा संगठन सदस्य समेत हुन् । नख्खु बम विस्फोटका क्रममा शेर्पाले एनसेल कार्यालयका सेक्युरिटी गार्डलाई पेस्तोल देखाएर नियन्त्रणमा लिएको सिसिटिभी फुटेजमा देखिएको थियो। नख्खु विस्फोटमा एक जनाको ज्यान गएको थियो भने तीन जना घाइते भएका थिए ।