धादिङ  : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा बस र माइक्रो एक आपसमा ठोक्किदाँ माइक्रो खोलामा खसेको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । चितवनबाट काठमाडौं जाँदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रो विपरित दिशाबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको बस एक ठोक्किदाँ माइक्रो महेश खोलामा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाडौं पठाइएको छ । घटनाको विस्तृत बिबरण भने आउन बाँकी छ ।