चितवन :  पूर्वी चितवनमा प्रतिबन्धित लागुऔषध चरेश सहित एक जना प्रकाउ परेका छन् । ईलाका प्रहरी कार्यालय टाडी बाट प्रहरी नयाव उपरिक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार राती ८ ः२० बजे भारत मोतिहारी घर भई चितवनको रत्ननगर नगरपालिका २ स्थित छोरीको घरमा बस्दै आएकी अन्दाजी ७० बर्षिय नुर्जाहा खातुनलाई प्रतिबन्धित लागु औषध ४३ किलो . चरेस सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिनुभयो । बरामद चरेस सहित खातुनलाई ईलाका प्रहरी कार्यालय टाडी चितवनमा राखी थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता कोइरालाले जानकाी दिनुभयो ।