तनहुँ, तनहुँको दमौलीमा डिजिटल शैक्षिक सामाग्री सम्बन्धि १ दिने कार्यशाला एवं जिल्ला स्तरीय अन्तक्रिया कार्यक्रम गरिएको छ । प्रबिधी मैत्री शिक्षक समाज गण्डकी प्रदेशको आयोजना तथा चण्डिदेवी राष्ट्रिय मा.वि. व्यास–१०, कुमलटारीका शिक्षक एवं गण्डकी प्रदेशका सहसचिव श्रीकृष्ण आचार्यको संयोजकत्वमा सो कार्यक्रम गरिएको हो । प्रबिधी मैत्री शिक्षक समाज गण्डकी प्रदेशका अध्यक्ष श्रीकान्त पौंड्लको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी गण्डकी प्रदेशका सांसद सरिता गुरुङले प्रबिधी मैत्री शिक्षक समाजको यो अभियान राज्यकै एक अभियान अन्तर्गत भएको र यसलाई प्रदेश सरकारले हरबखत उचित सहयोग तथा साथ दिने प्रतिवद्धता व्याक्त गर्नुभएको छ । त्यस्तै, सांसद गुरुङ्गले विद्यालय स्तरमा प्रबिधि सहितको शिक्षा आजको आवश्यकता रहेकोले शिक्षकहरुको यो अभियानले कक्षामा अब प्रविधि सहित शिक्षण हुने कुरामा बिश्वास व्यक्त गर्नुभएको छ । यसैगरी, कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष भुपती बस्यालले समाज स्थापनाको आवश्यकता, उद्देश्य, भावी योजना र समाजमा आबद्ध शिक्षकहरूले खेल्न सक्ने भुमिकाबारे प्रकाश पार्नुभएको थियो । यस्तै, केन्द्रिय सचिव देवीप्रसाद शर्माले समाजको संरचना, विधान र सदस्यता वितरण सम्बन्धमा स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा व्यास नगरपालिका शिक्षा महाशाखाका प्रमुख नगेन्द्र प्रसाद रेग्मी, समाजका केन्द्रिय अध्यक्ष भुपती बस्याल, दमौली शिक्षा तालिम केन्द्रका प्रशिक्षक राजु श्रेष्ठ ,समाजका सचिव देवीप्रसाद शर्मा, शिक्षक श्रीकान्त पौडेल, सकुन्तला सोती, विद्या आचार्य, सम्बिधान लामिछाने, राजेश सुनाम, खडगराज अधिकारी, श्रीकृष्ण आचार्य, राजीव श्रेष्ठ लगाएको उपस्थित रहेको थियो । यस्तै, सो भेलाले शुक्ला मा.वि. रिसिङ्–१, झापुटारका शिक्षक राजिव श्रेष्ठको संयोजकत्वमा समाजको ७ सदस्यीय तनहुँ समन्वय समिति गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा सत्यवती मा.वि. दमौलीका शिक्षक अनिल श्रेष्ठ, मिन मा.वि. थर्पुका शिक्षक केशब राज घिमिरे, राम शाह मा.वि.आबुँखैरेनीका शिक्षक राजेश सुनाम, आदर्श विद्यागृह दमौलीका शिक्षक नन्दन श्रेष्ठ, क्यामिन मावि कलेस्तीका शिक्षिका रुपा घिमिरे र चण्डिदेबी राष्ट्रिय मावि कुमालटारीका शिक्षक गोकुल थापा रहेका छन् । संस्थाको संगठनात्मक संरचना तनहुँको हरेक तहसम्म पु¥र्याउने र प्रविधि सहितको गुणस्तरीय शिक्षा सबै नागरिकको पहुंच सम्म पु¥र्याउने लक्ष्यसहित यो संस्थालाई तनहुंमा क्रियाशील बनाउन लागेको चण्डिदेवी राष्ट्रिय मा.वि. व्यास–१०, कुमलटारीका शिक्षक एवं गण्डकी प्रदेशका सहसचिव श्री कृष्ण आचार्यले जानकारी दिनुभएको छ ।