कुरिनटार , २७ असार । अविरल बर्षासंगै देशभर आएको बाढी पहिरोले धनजनको क्षती भएको छ । मौसम तथा बाढीको विषम अवस्था अझै दुईदिनसम्म रहने भएकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले शुक्रबार दिउँसो विज्ञप्ति जारी गरी मौसम र बाढीको जानकारी आवश्यक परेमा मौसम तथा बाढी पूर्वानुमान महाशाखामा सम्पर्क गर्न पनि भनेको छ ।
यसैबीच चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले पनि एक सुचना जारी गर्दै सतर्कता अपनाउन इच्छाकामना बासी लगायत सम्पूर्णलाई आग्रह गरिएको छ ।
खोला नजिक र भिरालो स्थानमा रहेका बस्तीहरुमा पहिरो र बाढीको जोखिम हुने भएकाले सुरक्षित स्थानमा बस्न गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले आग्रह गर्नुभएको हो ।