कुरिनटार, २७ असार । दुई घण्टा अवरुद्ध पछि पृथ्वीराजमार्ग  दुई घण्टा अवरुद्ध पछि पृथ्वीराजमार्ग एक तर्फी  संचालनमा आएको छ ।  पृथवीराजमार्ग अन्तरगत धादिङको वेनीघाट रोराङ गाउँपालिका वडा न १० स्थित जवाङ खोला नजिकै आज मध्यान्न १२ ः ३० बजे माथीबाट सडकमा लेदो खसेपछि सडक अवरुद्ध भएको थियो । झण्डै दुई घण्टा पछि अहिले २ बजेबाट एकतर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । लेदो हटाई दुई तर्फी राजमार्ग सांचालनमा ल्याउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

फाईल फोटो