इच्छाकामना गाउँपालिका आसपासको क्षेत्रमा हिजो बिहान देखि विद्युत लाइन नियमित नहुदा स्थानियले समस्या भोगेका छन।
आबुखैरेनी फेडर मार्फत मुग्लिङ स्थित मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाले बितरण गरेको विद्युत लाइन गर्मीको समयमा लामो समय सम्म अबरुद्द भए पछि स्थानिय आक्रोसित भएका छन। गर्मी को कारण कुखुरापालक कृषक हरुले पालेको कुखुरा खोरमै मर्न थालेका छ्न । त्यस्तै अन्य व्यावसायि पनि मर्कामा परे पछि आज मुग्लिङ कुरिनटार आसपासका आक्रोसित स्थानीयले मुग्लिङ स्थित विद्युत बितरणको जिम्मा लिगेको मर्स्यांङ्दी बहुउद्देश्यीय सहकारी संस्थाको विद्युत फ्युज कार्यलयमा ताला बन्दी गरेको बिरोध कार्यक्रममा सहभागी राजेन्द्र त्रीपाठिले इच्छाखबर लाई जानकारी गराउनु भएको छ। ताला बन्दी पछि विद्युत बितरणको जिम्मा लिगेको सहकारिका प्रतिनिधि र स्थानीय बिच छलफल चली रहेको छ।
हिजो बिहान करिब 9 बजे बाट बिग्रेको विद्युत बेलुका केही समय सुचारु भएको थियो तर पुन अबरुद्द भए पछि अधिकांश स्थानमा अहिले सम्म आयको छैन भने मुग्लिङ कुरिनटारमा १/२ मिनेट आउदै जाँदै गरिरहेको छ। तालाबन्दी मा सहभागी हरुले बितरकले लापरबाही गरेको र मौसम खराबीको कारण समस्या आयको भनी गैरजिम्मेवार जबाफ दिएको आरोप लगायका छन।
मुग्लिङ फ्युज साखाले आबुखैरेनी फिडर स्टेसनमा प्राबिधिक समस्या भए पछि विद्युत अनियमित भएको र सम्पूर्ण शक्ति प्रयोग गरि नियमित सुचारु गराउने प्रयास चली रहेको जनाएको छ।
तस्बिर- राजेन्द्र त्रीपाठि