मुग्लिन,१५ असार । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो गएर यात्रुहरु निकै समस्यामा पर्ने गर्छन् । बर्षायाममा  पहिरोको कारण नै दर्जनौँ यात्रुहरु मारमा पर्ने गरेकाले उक्त समस्या समाधान गर्नैका लागि चितवन प्रहरीले विशेष तयारी गरेको छ । मुग्लिन(नारायणगढ सडक खण्डमा जाने पहिरो हटाउन डोजरसहितको प्रहरी टोली परिचालित गरिएको छ ।

मुग्लिन-नारायणगढ सडक खण्डमा आजदेखि इलाका प्रहरी कार्यालय मुग्लिन र प्रहरी चौकी जुगेडीमा डोजरसहित प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । यात्रुलाई सास्ती भोग्न नहोस भन्ने उदेश्यले सो क्षेत्रमा दुई वटा समूहमा डोजरसहित प्रहरी परिचालन गरिएको हो । पाँच जनाको समूहमा दुई टिम डोजरसहित खटाइएको छ । उक्त टोलीले सडक अवरुद्ध भए तत्कालै खुलाएर सवारी आवागमन सुचारु गर्नेछ । उक्त टोलीले पहिरो हटाउँनुका साथै कतै दुर्घटना भए पनि उद्धार गर्नेछ ।