नवलपुर, १० असार । पुर्वी नवलपरासीमा उपप्रमुख चढ्ने सबारीमै आगजनी गरिएको छ । कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनीया चढ्ने सरकारी गाडीमा सोमबार राती आगजनी भएको हो । राती साढे १ बजे मर्दनीयाको कावासोती नगरपालिका वडा नं। १५ अमलटारी स्थित घरमा राखिरहेको स्कारपिओ गाडिमा आगजनी भएको बताइएको छ ।
आगजनिबाट गाडीको पछाडिको भागमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी तथा डिएसपी अर्जुन रानाभाटले जानकारी दिनुभएको छ । पेट्रोल छर्केर आगजनी गरिएपनी तत्कालै आगो नियन्त्रणमा लिन सकिएकाले ठूलो क्षति हुन नपाएको डिएसपि रानाभाटले जानकारी दिनुभएको छ ।
स्थानियका अनुसार अनुसार मोटरसाइकलमा आएका २ जनाले आगजनी गरेर फरार भएका थिए । उपप्रमुख निकटका अनुसार जुटको बोरामा पेट्रोल भिजायर गाडीमा आगजनी गरेको बताईएको छ ।