आबुखैरेनी, ६ असार । इलाका प्रहरी कार्यालय आबुखैरेनीले अवैध लागुऔषध सहित दुई जनालाइ रङ्गेहात पक्राउ गरेको छ ।आबुखैरेनी गाँउपालिका वडा नं. २ ढकालटार खहरे खोलामा दुई जना पुरुष ब्यक्तीहरु लागू औषध सेवन गर्दै छन् भन्ने गोप्य सुचनाको आधारमा प्रहरिले बुधबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा आँबुखैरेनी गाँउपालिका वडा नं. २ ढकालटार घर बताउने बर्ष ३० को जिबन भन्ने गिर बहादुर मगर र कास्की जिरो कि।मि। घर भई हाल तनहुँ आँबुखैरेनी गाँउपालिका वडा नं। ३ पानिघट्टा बस्ने बर्ष २७ को सुमन नेपाली रहेको इलाका प्रहरी कार्यालय आबुखैरेनिका प्रमुख प्रहरी निरीक्षक महेश राज पाठकले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरु बाट प्रहरिले डाइजापाम २ एमएल को ९० थान, फेनेरगन २ एमएलको ९० थान, नुर्फिन २ एमएलको ९० थान, अल्कोहल स्वाव १०० पिस ९१ बट्टा , प्रयोग नगरेको सिरिन्ज १५ थान, मोबाइल २ थान र नगद ५ हजार १५ रुपैया बरामद गरेको छ ।
पक्राउ परेका अभियुक्त हरुलाइ अदालत बाट म्याद थप गरि हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरिले जनाएको छ ।