बुट्टार,६असार । गोरखाको गण्डकी गाउँपालिका १ बुट्टारमा रहेको श्री जनजागृती राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई पोशाक वितरण गरिएको छ । आज एक कार्यक्रमका बिच अल लियो क्लब अफ काठमाडौँले पोशाक वितरण गरिएको हो ।
काठमाडौँका विभिन्न लियो क्लबका प्रतिनिधिहरु लियो प्रकश थापा क्षेत्री, लियो योगेश गौतम, लियो अभिनास श्रेष्ठ, लियो ओमकार अर्यालय, लियो सुप्रिम श्रेष्ठ, लियो उत्त्म रिमाल, डेनिस केसी र लियो प्रवेश केसीले विद्यार्थीहरुलाई पोषाक हस्तान्तरण गरिएको शिक्षक राम चन्द्र लामिछानेले जानकारी दिनुभयो ।
उनिहरुले आगामी दिनहरुमा यस्ता सहयोगका कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएको शिक्षक लामीछानेले बताउनुभयो । साथै उनिहरुले विद्यार्थीरुलाई विद्यालय सम्म कसरी ल्याउने र टिकाई राख्न सकिन्छ ? यसका लागि जनचेतनामुलक कार्यक्रम पनि ल्याउने प्रतिवद्धता जनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सीता गुरुङको सभापत्तिवमा पोषाक वितरण कार्यक्रम सम्पन्न भएको हो ।