नेपाली व्हिस्कीका पारखी बिच ओल्ड दरबार ह्विस्की स्थापित गराएको यति डिस्टिलरीका लगानीकर्ताले डेढ अर्ब लगानीमा वियर उद्योग संचालनमा ल्याएको छ।
चितवनको ईच्छाकामना गाउँपालिका कुरिनटारमा लगभग ६ विघा जग्गामा याक ब्रुअरी उद्योगबाट उत्पादन सुरु भइसकेको छ। उद्योगबाट बाह्रसिंगे ब्राण्डका वियर उत्पादन भएर बिक्री वितरण समेत सुरु भएको छ। दुई महिनाअघि उद्योगबाट परीक्षण उत्पादन सुरु भएको थियो। कम्पनीले दुई महिनापछि सबै प्रकृया पूरा गरेर व्यवसायिक उत्पादन थालेको हो।
अहिले स्ट्रङ वियर मात्रै उत्पादन सुरु गरेर बिक्री वितरण थालेका याक ब्रुअरीका संचालक जानकारी दिएका छन। स्ट्रङ वियरको बजार विस्तारपछि प्रिमियम वियरको उत्पादन हुने छ।अहिले उत्पादन सुरु गरिएको वियरमा ६ प्रतिशत अल्कोहल हुनेछ। उद्योगमा जर्मनी प्रविधिको प्लान्ट लगाइएको छ।
कम्पनीले आफ्ना ग्राहकलाई बियर उत्पादन स्थलमै गएर बियरको स्वाद लिने ब्यबस्था समेत गरेको छ। उद्योग कुरिनटार बजार बाट त्रीशुली नदि किनार पट्टिको भुभागमा रहेको छ।