कुरिनटार, ४ असार । आर्थिक अभावका कारण समस्यामा परेका सुत्केरी महिलालाई खाद्यान्न सहयोग प्राप्त भएको छ । उद्यमशिल महिला जागरण केन्द्र इच्छाकामनाले चितवनको इच्छाकामना गाउँपालिका ३ नयाँ चौताराका रबिना रसाईलीलाई लोकल कुखुरा, दुई बोरा चामल र सुत्केरीका लागि आवस्यक खुराक सहयोग गरेका हुन् । वडा अध्यक्ष गोवर्धन अधिकारी, केन्द्रका अध्यक्ष अप्सरा पौडेल,नेकपाकी नेतृ सावित्रा सिलावल लगायत घरमै पुगेर उनिहरुलाई सहयोग हस्तानत्रण गरिएको केन्द्रका सचिव सम्झना खड्का सिलवालले जानकारी दिईन् ।
आर्थिक अवस्था कमजोर भएका रबिनाको १५ दिन अघि बच्चालाइ जन्मनसाथ आईसियुमा राखिएर उपचार गरिएको थियो । अहिले उनको परिवारलाई ऋण लागेको रबिनाका श्रीमान योगेन्द्र रसाइलीले बताए । उनिहरुको ३ छोरी रहेका छन् । अर्काको घरमा मजदुरी गरेर विहान बेलुका छाक टार्दै आएका उनको परिवारमा अहिले श्रीमतीलाई अप्रेशन गरि सुत्केरी हुदाँ ऋण लागेपछि समस्यामा परेका छन् ।उनिहरुको घरमा चुल्हो बल्नै गाह्रो भएको छ ।
विहान बेलुका छाक टार्न मजदुरीमा जान परेपछि अहिले सुत्केरी अवस्थाका रबिनाले आफै घरको काम र खाना बनाउनु परेको उनले बताईन् ।