सुमन सुवेदी भरतपुर
चितवनको नारायणघाटमा यहीँ असार २ गते बिट द हिट वेट फेस्ट २०१९ कार्यक्रम हुने भएको छ। अन्तर्राष्ट्रिय डिजे lccnate सहित नेपाली डिजे र र्यापर को साथमा पुल डिजे र क्लब म्युजिक पार्टी गर्न लागिएको हो।
चितवनमा गर्मी अत्यधिक भएको बेलामा पानी भित्रनै गरिने पार्टीले दर्शक श्रोतालाई रिल्याक्स सहित मनोरञ्जन हुने भएपछी अन्तर्राष्ट्रिय डिजे सहित कार्यक्रम गर्न लागिएको आयोजक सहज मिडियाले जनाएको छ । सानमिगल बियरको प्रायोजनमा कार्यक्रम नारायणघाटको धवन क्रीयसनमा असार २ गते दिउँसो २ बजे बाट चल्ने छ।
कार्यक्रमको लागि टिकट बुकिङ खुल्ला गरिएको र टिकट लिन चाहने हरुले टिकट पाउने स्थान -चिकन स्टेशन नारायणघाट,Unicanpus global र स्नोक पब मा सम्पर्क राख्न सक्ने आयोजकले जनाएको छ। टिकट दर ५००र १००० राखिएको छ।