कुरिनटार, २९ जेठ । गृहमन्त्री रामबहादुर थापाले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले खेलेको भूमिका प्रशंसायोग्य भएको बताउनुभएको छ । बुधबार चितवनको इच्छाकामना ४ कुरिनटारस्थित त्रिशूली नदीमा भएको उद्दारको नमुना प्रदर्शनको क्रममा गृहमन्त्री थापाले यस्तो बताउनुभएको हो । गृहमन्त्री थापाले भन्नुयो, “आफ्नो प्राणलाई हत्केलामा राखेर तपाईहरु उद्धारमा रात दिन नभनी खटिरहनु भएको छ, तपाईहरु प्रति सिंगो देश नै गौरवान्वित भएको छ, ।”
आज त्रिशुली नदीमा ‘विपद् व्यवस्थापन तालिम केन्द्र’ कुरिनटारबाट तालिम प्राप्त सशस्त्र प्रहरीले उद्दारको नमुना प्रदर्शन गरेका थिए । उनीहरुले भिरमा हुने दुर्घटनामा परेका व्यक्तिहरुको उद्दार, पानीमा डुबेकाहरुको खोजीमा गोताखोरले गर्ने उद्दार र ¥याफटिङ पल्टिदाँ दुर्घटनामा परेकाहरुका उद्दार गर्ने तरिका प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायतको उपस्थिति रहेका थिए । सशस्त्र प्रहरी बलले झन्डै ११ रोपनी क्षेत्रफलमा तालिम केन्द्र स्थापना गरी उद्दार गर्ने व्यक्तिहरुलाई तालिम दिँदै आईरहको छ । विशेष गरि तलिम केन्द्रबाट आगलामी, भूकम्प, बाढीरपहिरो, दुर्घटनालगायत विपद् व्यवस्थापनबारे प्रशिक्षण दिने गरिएको छ ।
साथै गृहमन्त्री थापाले शसस्त्र प्रहरी बल विपद् व्यावस्थापन तालिम केन्द्र कुरिनटारमा रहेको ट्रमा सेन्टरको पनि अवलोकन गर्नुभएको थियो । २५ शैयाको ट्रमा सेन्टर अमेरीकी सरकारको सहयोगमा निर्माण गरिएको हो ।
अमेरीकी राजदूतावासले सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारमा उक्त ट्रमा सेन्टर निर्माण गरी हस्तान्तरण गरेको थियो । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा हुने दुर्घटनाका घाइतेलाई लक्ष गरी निर्माण गरिएको उक्त सेन्टर २५ श्ययाको छ ।